सुर्खेत।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातको समयमा कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन रोक लगाएको छ। गत आइतबार राती जङ्गली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाको मृत्यु भए पछि जिप्रका कार्यालयले सुचना जारी गरेर सो खण्डमा रातको समयमा दुई पाङग्रे सवारी सञ्चालमा रोक लगाएको हो।
आइतबार बिहान ८ बजेको समयमा भेरीगंगा–५ गेरवानीका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीया कवि वलीको बन्यजन्तुको आक्रमणमा परी मृत्यु भए पछि आइतवार देखी नै आफन्तहरुले विभिन्न माग राख्दै रत्न राजमार्गको बबई क्षेत्रमा प्रदर्शन गरी ६ घन्टासम्म सडक अवरुद्ध गरेका थिए।
सो प्रर्दशन पछि सोमबार अवेरसम्म बसेको जिल्ला सुरक्षा समितिको बैठकले जङ्गली जनावरको आक्रमणबाट सुरक्षित हुनको लागि साना दुईपाङ्ग्रे सवारी साधन मोटरसाइकललाई रातको समयमा सञ्चालन नगर्ने र दिनको समयमा चारपाङ्ग्रे सवारी साधनको अगाडिरपछाडि रही सञ्चालन गर्ने निर्णय गरेको हो।





