काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि कटाक्ष गरेका छन् ।

उपत्यकाको फोहोर लैजाने सडक विगत ८ वर्षदेखि खराब अवस्थामा रहेको बताउँदै यस्तो बाटो बनाउनेको घरमै अंगरक्षकजस्तो बसेर कुन नैतिकताले देश बनाउने कुरा गर्दै हुनुहुन्छ भन्ने प्रश्न गर्दै बालेनले दाहालमाथि कटाक्ष गरेका हुन् ।

‘श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’ बालेनले सामाजिक सञ्जालमा ककनीको हिलो सडकको भिडियो पोस्ट गर्दै भनेका छन् ।

उपत्यकाको फोहोर लैजाने ककनी सडकको ठेक्का ८ वर्षअघि निर्माण व्यवसायी शारदा अधिकारीले पाएका थिए । अधिकारीले समयमै काम सम्पन्न नगर्दा खुमलटारस्थित उनको घरमा बस्दै आएका प्रचण्ड आलोचनाको निशानामा पर्दै आएका छन् ।

पछिल्लो समय सत्ताधारी गठबन्धनका ३ दलहरुका धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर(१ का प्रमुखहरुले बञ्चरेडाँडामा फोहर विसर्जन स्थायी रुपमा बन्द गर्न माग गर्दै विज्ञप्ति नै जारी गरेपछि बालेनले त्यसको विरोध गर्दै आएका छन्।

मंगलबार पनि काठमाडौं उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडामा गएको गाडीलाई स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहार गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here