काठमाडौँ ।

नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ।

सो पार्टीको आज बसेको सचिवालयको बैठकले त्यसबारे नीतिगत निर्णय गरेको पार्टीका महासचिव डा.वेदुराम भुसालले जानकारी दिए।

बैठकले एकता संयोजनका लागि समिति बनाउने र थप निर्णय गर्दै जाने पनि सहमति दिएको छ। एकताका लागि (माओवादी केन्द्र)ले यसअघि नै निर्णय गरिसकेको थियो। नेकपा (एमाले)बाट विभाजन भई गत भदौ ९ गते दर्ता भएको एकीकृत समाजवादीले उक्त दिन स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ भने आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको मापदण्डबारे पनि बैठकमा छलफल भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here