Home समाचार तनावमा व्यवसायी: किन उकालो लाग्दै छ बैंकहरुको ब्याजदर?

तनावमा व्यवसायी: किन उकालो लाग्दै छ बैंकहरुको ब्याजदर?

बैंकको मुख्य काम पैसो रोपेर पैसो कमाउने हो। बैंक एउटा यस्तो कारखाना हो जसको कच्चा पदार्थ (डिपोजिट) रूपैयाँ हो यसले सेवा बिक्री गर्छ कर्जाको रुपमा त्यो पनि रूपैयाँ हो र यसले आफ्नो अन्तिम मुनाफा आर्जन गर्छ जुन पनि रूपैयाँ नै हो। बैंकको यो ‘मनि साइकल’मा मुनाफा भने डिपोजिट र क्रेडिट बीचको ब्याजदरको फरक नै हुन्छ, सामान्य थोरैमा उठाउँ र धेरैमा लगाउँ।

नेपालमा अहिले २६ वटा वाणिज्य बैंकहरू, २०० भन्दा अधिक वित्तिय संस्थाहरु र ५० हजार बढी सहकारी छन्। यी सबैले खासमा गर्ने भनेको रूपैयाँको यही साइकल चलाउने र आ-आफ्नो नाफा निकाल्ने।

तर,अहिले बिगत २ बर्ष देखि नेपाली बैंक तथा वित्तिय संस्थाहरुमा एउटा अनौठो समस्या आइपरेको छ बैंकसंगै अहिले रूपैयाँको अभाव छ। सबै जसो बैंकको कर्जा-निक्षेप सिडी रेसियो ८५ देखि ९० प्रतिशत सम्म पुगिसकेको छ। अर्थात बैंकहरुको ढुकुटीमा अब थप ऋण प्रवाह गर्न रूपैयाँ छैन। कोभिडले २०१९मा विश्व आक्रान्त बनाउँदा नेपाल पनि अछुतो रहन सकेन र नेपालको अर्थतन्त्र बिभिन्न बहुआयामिक मारमा पर्दै गयो। यसले अर्थतन्त्र संकुचित हुन् जाँदा अहिलेको जटिल अवस्था सिर्जना भएको हो।

NO COMMENTS