निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आज पनि हुँदैछ।

प्रतिनिधि सभाको महाभियोय सिफारिस समितिले जबराको बयान लिइरहेको छ। बुधबार समितिले सिंहदरबार चोलेन्द्रको बयान लिएको थियो। तर बयान नसकिएपछि उनको आज पनि बयान लिइन लागिएको हो।

समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको थियो तर बुधबार उनले ४ वटा प्रश्नको मात्र जवाफ दिएका छन्।

बयानका क्रममा जबराले आफूमाथिको महाभियोग प्रस्ताव नै अवैध रहेको तर्क गरेका थिए। बुधबार जबराले चार घण्टा बयान दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here