काठमाडौं ।

फेसबुकमा विरोध गरेर आलोचना खेपिरहेका धरानका मेयर हर्क साम्पाङको प्रशंसा गर्दै गीत सार्वजनिक भएको छ। चर्चित गायक राजेशपायल राईले स्वर दिएको यो गीतमा साम्पाङको स्तुति गाइएको छ। आलोक चाम्लिङले लेखेको गीतमा मनोज साङसनले संगीत भरेका छन्।

गायनमा राजेशपायललाई शशी किराँतीले साथ दिएकी छन्। स्टुडियो किङ युट्यूव च्यानलबाट आजै यो गीत सार्वजनिक गरिएको हो। सार्वजनिक भएलगत्तै साम्पाङले फेसबुकबाट धन्यवाद दिइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here