काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा परेका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा भएका छन्। आज अपराह्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएपछि उनी छुटेका हुन।
गत शुक्रबार काठमाडौंको छायाँ सेन्टरस्थित भिसा सेन्टरमा गुरुङले मन्त्री श्रेष्ठमाथि दुर्व्यवहार गरेको भन्दै पक्राउ गरिएको थियो । उनीमाथि अभद्रव्यवहार कसूरमा हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो।
तर, मन्त्री श्रेष्ठको चर्को आलोचना भएपछि गृहमन्त्री बालकृष्ण खाँणले सोमबार प्रक्रिया पूरा गरेर रिहा गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए।





