काठमाडौं।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसले ८० सिट पाउने गरी सिट बाँडफाँट टुंगिने चरणमा पुगेको बताएका छन्।
मंगलबार धनगढीमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले कांग्रेसले ८० सिट माओवादीले ६० वरिपरी र एकीकृत समाजवादीले २५ सिट पाउने गरी सहमतिको प्रयास भइरहेको बताएका हुन्।
‘कांग्रेस ८० वरिपरि मान्लाजस्तो छ र हामीले पनि ६० सिट दाबी गरेका हौं। त्यसैको वरिपरि सहमति गर्नेतर्फ उन्मुख छ। एकीकृत समाजवादीले २५ र जनता समाजवादीले २५ मागिरहेका छन्। यी सबै विषयमा बुधबार शीर्ष नेताहरू बसेर टुंग्याउँछौं,’ उनले भने।
अध्यक्ष प्रचण्डले गठबन्धनमा सिट सङ्ख्या, क्षेत्र र प्रदेश एकैचोटी टुङ्ग्याउने भनेर गठबन्धन लागिरहेको बताए।





