काठमाडौं ।

गायक शिव परियारले बलात्कारको नाममा व्यवसाय फस्टाएको आरोप लगाएका छन्।

नायक पल शाहले नाबालिगमाथि बलात्कार गरेको आरोप लागेपछि उनी जेल गएकै बेला अर्को सेलिब्रेटी सन्दीप लामिछानेमाथि सोही प्रकृतिको आरोप लागेको छ। क्रिकेटर सन्दीप लामिछाने प्रकरणतर्फ संकेत गर्दै गायक परियारले फेसबुकमा आक्रोश पोखेका हुन।

बलात्कारलाई ‘व्यवसाय बनाउनेहरुको भण्डाफोर’ नगरिए नेपाल बलात्कारीहरुको देश हो’ भन्ने नजिर स्थापित हुने उनको टिप्पणी छ।

‘कृपया यतिबेला सबै वर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरुले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी देख्छु’ उनले भनेका छन्।

फेसबुक पेजमा लेखेपनि परियारले यो स्टाटस केहि समयमै हटाएका छन्। उनले के लेखे उक्त स्टाटसमा हेर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here