कतार विश्वकप २०२२ नजिकिँदै गर्दा अर्जेन्टिना यो संस्करणमा बलियो टोलीको रूपमा प्रस्तुत हुनेछ । सन् २०१८ को अर्जेन्टिनाको टोलीभन्दा अहिले धेरै राम्रो बनेको छ । सो विश्वकपमा फ्रान्ससँग हार्दै अर्जेन्टिना अन्तिम–१६ बाट नै बाहिरिएको थियो । त्यसअघि ब्राजिलमा आयोजना भएको सन् २०१४ को विश्वकपमा उप–विजेता बन्दै अर्जेन्टिना चुकेको थियो ।

अर्जेन्टिनाले यो पटक खेलाडीदेखि प्रशिक्षकको विषयलाई धेरै परिवर्तन गरेको छ । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले सबै कुराहरूलाई एक रूप पार्दै लियोनल मेस्सीको कप्तानीमा एक टोली तयार पारेका छन् ।
स्कालोनीले नै तयार पारेको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै सन् २०२१ को कोपा अमेरिकाको उपाधि जित्यो । २८ वर्ष पछि उनको नेतृत्वको टोलीले कोपा अमेरिकाको उपाधि जित्न सफल भयो । अर्जेन्टिनाले त्यो लयलाई कायम राख्दै इटालीसँग फाइनलिजम ट्रफी खेल्यो । त्यसमा पनि अर्जेन्टिना सफल भयो । विश्वकप उपाधि जित्नका लागि अर्जेन्टिनी टोली अहिले तयार छ । त्यसका लागि खेलाडीहरुले मेहनत गरिरहेका छन् ।
यसपटकको विश्वकपमा अर्जेन्टिनाबाट को चम्किलान् ? सबैको आँखा त्यसैमा हुनेछ । कतार विश्वकपमा अर्जेन्टिनाको हेर्न लायक केही खेलाडीको सूची यहाँ प्रस्तुत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here