प्रतिनिधिसभामा उम्म्दवारी दिएका खर्बपति विनोद चौधरीलाई चुनाव जिताउन सरकारी ओहोदाका भूवन केसी पनि मैदानमा देखिएका छन्।
अभिनेता केसी चलचित्र विकास बोर्डका अध्यक्ष हुन। निर्वाचन आचारसंहिता अनुसार सरकारी ओहदामा बसेको व्यक्तिले चुनाव प्रचारप्रसारमा सहभागी हुन मिल्दैन।
उनले पछि सर्वसाधारणलाई सम्बोधन गरेर चौधरीको चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गरे।





