काठमाडौं–
आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि इङ्ग्ल्यान्डले जितेको छ। आइतबार सम्पन्न खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इङ्ग्ल्यान्डले उपाधि उचालेको हो।
इङ्ग्ल्यान्डले दोस्रोपटक आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको हो। यसअघि इङ्ग्ल्यान्डले सन् २०१० मा पल कलिङवुडको कप्तानीमा पहिलो पटक उपाधि जितेको थियो।
कप्तान जोस बटलरले १७ बलमा ३ चौका र १ छक्कासहित २६ रन जोडे। मोइन अलिले १९ र ह्यारी ब्रेकले २० रनको योगदान दिए।
पाकिस्तानका तीव्र गतिका बलर हरिस रउफले ४ ओभरमा २३ रन खर्चिएर २ विकेट लिए। शादब खान, शाहीन अफ्रिदी र मोहम्मद वाशिमले १र१ विके लिए।
त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनायो।
पाकिस्तानका शान मसुदले सर्वाधिक ३८ रन बनाए। उनले २८ बलमा २ चौका र १ छक्का प्रहार गरे। कप्तान बाबर आजमले २८ बलमा २ चौकासहित ३२ रन बनाए।





