विश्वकप फुटबलको उपाधि जितेको खुसीयाली मनाउन आज अर्जेन्टिनामा सार्वजनिक बिदा दिइएको छ।

आइतबार अर्जेन्टिनाले फ्रान्सलाई हराएर ३६ वर्षपछि विश्वकप जितेको थियो।

विश्वकप जितेपछि कप्तान लियोनल मेस्सीले यो सफलताको खुसियाली अर्जेन्टिना पुगेर हेर्न चाहेको बताएका थिए।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार खुसियाली मनाउने केन्द्रका रुपमा परिचित ओबेलिस्कमा अर्जेन्टिनी टोलीसँग आज लाखौँ मानिसले खुसियाली आदान प्रदान गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here