काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपति पदमा ‘अर्जुनदृष्टि’ राखेको छ । आफ्नो नेतृत्वको गठबन्धन भत्किएपछि सत्ताबाट ‘रिङआउट’ भएको कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर शक्ति बाँडफाँटमा हिस्सा खोजेको हो ।

यता प्रधानमन्त्री प्रचण्डले पनि कांग्रेसलाई शक्ति बाँडफाँटमा हिस्सेदार बनाउने सङ्केत दिएका छन् । शनिबार सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सभामुख र राष्ट्रपतिमा सन्दर्भमा कांग्रेससँग पनि छलफल गर्ने अभिव्यक्ति दिएका थिए ।
‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुख छनोट गर्नुअघि कसरी हुन्छ राष्ट्रिय सहमतिको वातावरण कायम गर्ने भन्नेतिर गम्भीर भएर लागेको छु । ३ माघमा सर्वदलीय बैठक बोलाएको छु, त्यहाँबाट सबै स्पष्ट हुन्छ,’ प्रचण्डको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here