काठमाडौं ।
झापामा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् । आज बिहान कचनकवल गाउँपालिका-४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ । एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् ।
डिएसपी पाठकका अनुसार युवक अन्दाजी २५ र युवती १८ वर्षकी छन् । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ ।
अनुसन्धान सुरु भएको र घटनाबारे थप केही कुरा खुलिनसकेको प्रवक्ता पाठकले बताए ।





