काठमाडौं।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) चुनाव लक्षित कार्यविभाजन गरेको छ।
अखिल क्रान्तिकारीको तेस्रो पदाधिकारी बैठकले बिना गठबन्धन स्ववियू चुनाव लड्ने निर्णय गर्दै कार्यविभाजन गरेको हो ।
पदाधिकारी बैठकबारे निर्णयबारे जानकारी गराउन जारी गरिएको परिपत्र अनुसार प्रदेश १ को ईन्चार्ज खगेन्द्र सुवेदी तोकिएका छन् ।





