मधेश प्रदेश सरकारमा सहमति विपरीत हेरफेर गरेर दिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय जनमतले स्वीकारेको छ ।
जनमतबाट बिना विभागीय मन्त्री बसन्त कुशवाहाले आज शुक्रबार पदभार ग्रहण गर्ने जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिए ।
‘जनमतले समाजिक विकास र कृषि मन्त्रालय लिने सहमति भएको थियो । तर पहिलो चरणमै सामाजिक विकास मन्त्रालय दिनु पर्नेमा हेरफेर गरेर कृषि दियो । हामीले मागेकै मन्त्रालय दिएकोले तत्काल स्वीकार गर्ने हाम्रो निर्णय भएको छ’, उनले भने, ‘अब सामाजिक विकास मन्त्रालयको लागि दबाब दिन्छौं ।’





