काठमाडौं ।

मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ५ हजार ८ सय र तेजावी सुनको मूल्य एक लाख ५ हजार ३ सय तोकिएको छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ६ हजार ३ सय र तेजावी सुनको मूल्य एक लाख ५ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।

महासंघकाअनुसार चाँदीको मूल्य आइतबार यता स्थिर छ । मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार ३६५ रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here