काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान)को कार्यसमिति (बोर्ड) बैठक अहिले केहिबेरमा पोखरास्थित एक होटलमा सुरु हुँदैछ ।
१९ सदस्यीय क्यान कार्यसमितिमध्ये उपाध्यक्ष र सचिवले डेढ वर्षअघि नै राजीनामा दिएका थिए । बैठकका लागि पदाधिकारी र सदस्यहरु बैठकस्थलमा भेला हुँदैछन् ।
चर्को विवादमा परेको नेपाल टी–२० लिगका लागि कार्यसम्पादन समितिले गरेका निर्णयहरु अनुमोदनसहित खर्च विवरण, आसन्न साधारणसभा र नयाँ नेतृत्वका लागि निर्वाचनको मितिसम्मका एजेण्डामा बैठकमा छलफल हुँदैछ ।
यस्ता छन् क्यान बोर्ड बैठकका एजेण्डा
१ आईसीसी क्रिकेट विश्वकप लिग टू का शृंखलाहरुको सम्बन्धमा नेपालले लिग टूमा आफूले खेल्न बाँकी ३ त्रिकोणत्मक शृंखलाका खेलहरु फेब्रुअरी १४ देखि मर्च १६ सम्म खेलिसक्नेछ । पहिलो शृंखला नेपाल, नामिविया र स्कटल्याण्डबीच काठमाडौंमा हुनेछ भने दोस्रो शृंखला २७ फेब्रुअरी–६ मार्चसम्म युएईमा हुनेछ । यो शृंखलामा यूएई र पपुवा न्युगिनीसँग नेपालले खेल्नेछ । ९–१६ मार्चमा सोही टोलीहरुसँग त्रिवि मैदानमा अन्तिम शृंखला आयोजना हुनेछ । नेपालले भारतमा यही वर्षको अन्त्यतिर हुने एकदिवशीय विश्वकपको ग्लोवल छनोटमा स्थान बनाउन लिग टू शृंखलाका बाँकी १२ मध्ये कम्तिमा ९ खेल जित्नुपर्नेछ ।
२. आईसीसी क्रिकेट विश्वकप यू–१९ एसिया छनोट सम्बन्धमा
३. एसीसी प्रिमियर कप काठमाडौंमा अप्रिलमा हुने प्रतियोगिताको सम्बन्धमा
४. संघको वार्षिक साधारणसभा सम्बन्धमा
५. संघको कार्यसम्पादन समितिको बैठकबाट भएका निर्णयहरु अनुमोदन सम्बन्धमा
६. संघको विशेष साधारणसभा र निर्वाचन सम्बन्धमा
क. बाँकी जिल्लाहरुको निर्वाचन
ख. सात प्रदेशको निर्वाचन
ग. केन्द्रीय विशेष साधारणसभा र निर्वाचन
८. राष्ट्रिय पुरुष तथा महिला खेलाडीहरुको सन् २०२३ का लागि करार सम्बन्धमा
९. गण्डकी प्रदेश अन्तर्गतका थप दुई जिल्ला संघलाई मान्यता प्रदान गर्ने सम्बन्धमा
१०. पूर्वकप्तान सन्दीप लामिछानेको निलम्वन फुकुवा सम्बन्धमा
११. संघको वेवसाइट, एप, सामाजिक सन्जालहरुको स्तरबृद्धिका लागि माकुरा क्रिएसनसँग सम्झौता गर्ने सम्बन्धमा
१२. संघका कर्मचारीहरुको करार अवधि नवीकरण गर्ने सम्बन्धमा
१३. संघको विधान संशोधन सम्बन्धमा
१४. क्यान इन्टिग्रिटी कमिटी गठन गर्ने सम्बन्धमा
१५. नेपाल टी–२० लिग प्रतियोगिता सम्बन्धमा
क. गभर्निङ काउन्सिलको प्रतिवेदन र गभर्निङ काउन्सिलबारे
ख. सेभेन थ्री स्पोर्टससँग भएको आकस्मिक दोस्रो संशोधनबारे जानकारी र सम्झौता साधारणसभामा लैजानेबारे
ग. नेपाल टी–२० मा संघमार्फत भएको खर्च विवरणबारे
घ. सीआईबीबाट प्राप्त जानकारीबारे
ङ. राखेपबाट गठन गरिएको छानविन कार्यदलको रिपोर्टको आधारमा राखेपबाट प्राप्त निर्देशनबारे
च. थप अन्य विषयबारे
१६. विविध सम्बन्धमा
क. खाता सन्चालनबारे
ख. कोड अफ कन्डक्टबारे
ग. यू–१९ राष्ट्रिय टिमको कप्तान र उपकप्तान मनोनयनबारे
घ. राखेपको पत्रअनुसार केन्द्रीय कार्यसमितिको आधिकारिक धारणाबारे
ङ. कर्मचारीको तलव बृद्धिबारे





