काठमाडौं ।
विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे र सोही पार्टीका पूर्व बागमती प्रदेशका संसदीय दलका नेता रमेश पौड्यालले नायक राजेश हमालसँग भेटवार्ता गरेका छन् ।
भेटका क्रममा राजनीति र वैकल्पिक राजनीतिको ताजा अवस्थाबारे छलफल भएको नेता पाण्डेले बताएका छन् । साथै, संविधानको आधारभूत विशेषताबारे समेत छलफल भएको उनको भनाइ छ ।
पाण्डेले आफूहरूले नायक हमाललाई राजनीतिमा आउने सम्भावना कस्तो छ भनेर सोधेको बताएका छन् । तर, हमालले दिएको जवाफबारे उनले खुलाएका छैनन् ।





