झापा ।

झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुई वटा ट्रक आज बिहान आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

ना ६ ख ८८९५ नम्बरको ट्रकलाई ना ३ ख ८३११ नम्बरको ट्रकले आज बिहान ६ बजेतिर पछाडिबाट ठक्कर दिंदा ८३११ नम्बरको ट्रकका चालक र सहचालकको मृत्यु भएको हो ।

मृत्यु भएका ट्रक चालक मदन चौधरी रहेको र सहचालकको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here