काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बलात्कार आरोपी सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विषयमा प्राधनमन्त्री र नेपाल क्रिकेट संघ क्यानका अध्यक्षको ध्यानकर्षण गराएका छन् ।
बलात्कार आरोपमा पक्राउ परेर सशर्त धरौटीमा छुटेका सन्दीपलाई क्रिकेट संघले बिहीबार मात्र राष्ट्रिय टिममा राखेको छ । यसको विरोध भइरहेको छ । सामाजिक सञ्जालमा #BoycottCAN अभियान नै चलेको छ ।
यसै सन्दर्भमा कांग्रेस महामन्त्री शर्माले क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गरेका थिए । चन्दसँग भएको सम्वादबारे उनले ट्वीटरमा लेखेका छन्, ‘क्यान अध्यक्षलाई फोनमा सोधेँ : खेलको नियम पालना गर्नुपर्ने संस्थाले न्यायको नियम पालाना गर्नु पर्दैन ?’
शर्माका अनुसार चन्दले सन्दीपलाई टिममा नराख्ने हो भने लिग टू अन्तरगत स्कटल्याण्ड र नामिबियासँग आसन्न त्रिकोणात्मक शृखलाको नजिता नेपालको अनुकुल नआउन सक्ने तर्क गरेका थिए ।





