काठमाडौं । यू-१७ महिला च्याम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षणमा २८ खेलाडी बोलाइएको छ ।

यूईएफए असिस्ट यू-१७ महिला च्याम्पियनसिप २०२३ का लागि पहिलो चरणमा टोलीकी मुख्य प्रशिक्षक भगवती राना मगरले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकी अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

प्रशिक्षक भगवतीको नेतृत्वमा नेपाली यू-१५ राष्ट्रिय महिला टोलीले गत नोभेम्बरमा बंगलादेशमा भएको साफ यू-१५ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि जितेको थियो ।

त्यसबेला नेपाललाई उपाधि दिलाउँदाका नायक गोलकिपर सुजाता तामाङ र फरवार्ड वर्षा ओलीसँगै यू-१५ टमकै कप्तान दिपा रोकाय पनि टिममा छन् । त्यसबेला टिममा रहेका १६ खेलाडी अहिले पनि प्रारम्भिक टिममा समावेश छन् ।

यूईएफए असिस्ट यू-१७ महिला च्याम्पियनसिप आगामी २० मार्च देखि ३१ सम्म बंगलादेशमा आयोजना हुँदैछ । यूईएफए असिस्ट प्रोग्राम अन्तर्गत दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

एन्फाले यू-१७ च्याम्पियनसिपका लागि खेलाडी छान्न जनवरी २६, २७, ३१ र फेब्रुअरी १ र २ मा एन्फा कम्प्लेक्समा खुल्ला छनोट गरेको थियो ।

बन्द प्रशिक्षणमा बोलाइएका २८ खेलाडीः

गोलकिपरः सुजाता तामाङ (चितवन), राधिका ओली (दाङ), पुष्पा रोकाया (कैलाली), करुणा बुढाथोकी (बारा)

डिफेन्डरः अमिता भुल (कैलाली), माया मास्के (स्याङ्जा), झुमा विश्वकर्मा (मोरङ), विपना स्नेही (कैलाली), सीता रोकाया (कैलाली), लिला चन्द (कैलाली), अञ्जना पुन मगर (दाङ), प्रेरणा डोल्मा लामा (सर्लाली), दिपा मगर (उदयपुर), सिमरन राई (झापा), रेणु लिम्बु चाबेगु (झापा)

मिडफिल्डरः रुपा लिम्बु (मोरङ), दिलमाया घिसिङ (बारा), भावना परियार (स्याङ्जा), विकास कुमारी चौधरी (कैलाली), सुमी हाङ्मा राई (सप्तरी), सुक्रिया मिया (स्याङ्जा), काजल स्याङ्तान (रौतहट), सुशीला केसी (चितवन) पुनम चेम्जोङ (पाँचथर)

फरवार्डः सेनु परियार (नवलपुर), दीपा रोकाया (कैलाली), वर्षा ओली (कैलाली), कविता गुरुङ (रौतहट) ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here