काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले काठमाडौं उपत्यकामा हिउँदयाम लागेसँगै खनेपानीको माग र आपूर्तिबीच ठूलो अन्तर रहेको बताएको छ । अहिले हिउँदयाममा करिब दैनिक २६ करोड लिटरको पानीको आपूर्ति भइरहे पनि माग भने ४७ करोड लिटर नाघेको केयूकेएलले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

केयूकेएलले वर्षायाम लागेपछि मेलम्चीको सुरुङ बन्द गरिने भएकाले वर्षायाममा मेलम्चीको विकल्प खोज्न थालिएको बताएको छ । त्यसका लागि वर्षायाममा १० करोड लिटर पानी थप्न नयाँ २० इन्चको पाइप राख्न लागिएको केयूकेएलका प्रवक्ता प्रकाश राईले जानकारी दिए ।

‘वर्षायाममा अहिले बागमतीबाट लिइएकोभन्दा बढी पानी लिन सकिन्छ,’ उनले भने, ‘मेलम्चीबाट पानी आउन बन्द हुने समयमा हामीले बागमतीबाट थप पानी ल्याउन प्रक्रिया थालिसकेका छौं ।’

केयूकेएलका अनुसार पानीको माग धान्न अन्य वैकल्पिक स्रोतहरुको पनि खोजी भइरहेको छ । मकवानपुरको सिस्नेरीखोलाको पानी उपत्याकमा ल्याउन सिस्नेरी खानेपानी आयोजनाको अध्ययन पनि सुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here