काठमाडौं ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको खेलमा सट्टेबाजीमा संलग्न भएको आशंकामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का एसपी सन्जय सिंह थापाले सट्टेबाजीमा संलग्न भएको आशंकामा एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।

त्रिवि मैदानमा खटिएका प्रहरीहरुले नै एक व्यक्तिलाई पक्राउ गरेको थापाको भनाइ छ । प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय भने खुलाएको छैन ।

त्रिवि मैदानमा आज नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here