काठमाडौं ।

स्कटल्याण्डका खेलाडीले क्रिकेटर सन्दीप लामिछानेसँग हात मिलाउन अस्वीकार गरेका छन् ।

क्रिकेटमा खेल सकिएपछि दुवै टिमका खेलाडीबीच हात मिलाएर भातृत्व आदानप्रदान गर्ने प्रचलन छ ।

तर आज नेपालसँग ३ विकेटले पराजित भएपछि स्कटल्याण्डका खेलाडीले नेपालका अन्य खेलाडीसँग हात मिलाए पनि लामिछानेसँग भने हात मिलाएनन् ।

सन्दीप लामिछानेमाथि नाबालिग बलात्कारको आरोप छ । अदालतबाट धरौटीमा छुटेका अभियुक्तलाई राष्ट्रिय टिममा राखेको भन्दै क्यानको आलोचना भएको थियो ।

नेपाल टिममा लाइनको अन्तिममा रहेका सन्दीपसँग स्कटिस खेलाडीले हात मिलाउन अस्वीकार गरे ।

सन्दीपले स्कटल्याण्डविरुद्धको खेलमा १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिएका थिए । नेपालले मंगलबार नामिवियासँग खेलेको थियो । त्यस खेलमा भने नामिवियाका खेलाडीले सन्दीपसँग हात मिलाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here