१५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजदेखि यूएईमा सुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध बलिङ गर्दैछ ।
कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोज्दै पीएनजीलाई ब्याटिङको निम्तो दिएका हुन् ।
यो शृङ्खलाको पहिलो खेलमा नेपालका युवा फास्ट बलर प्रतिश जिसीले ओडीआईमा डेब्यु गरेका छन् ।
नेपाली टिममा स्पीनर छैनन् । चार फास्ट बलर छन् । अलराउण्डर दीपेन्द्र र कुशल मल्लले स्पीन बलिङ गर्नेछन् ।
आरिफ शेख र गुल्शन झा पहिलो रोजाइमा फर्केका छन् ।
यो शृङ्खलामा नेपालले यूएई र पीएनजीसँग दुई/दुई खेल खेल्नेछ ।





