Home समाचार कुङ्फु खेलिरहेका भिक्षुणीहरु

कुङ्फु खेलिरहेका भिक्षुणीहरु

२१ फागुन, काठमाडौं । हिमालका चुचुरा र बादललाई सूर्यको पहिलो किरणले छेड्दा एक भिक्षुणीले आफ्नो तरबार पिठ्युँबाट तानिन्। प्रतिद्वन्द्वीतर्फ प्रहार गर्दै उनलाई भुइँमा ढालिन्। आफ्नी प्रतिद्वन्द्वीलाई भुइँमा लडाउने भिक्षु थिइन्– जिग्मेब रब्सल ल्हामो।

आँखा र ध्यान लक्ष्यमा केन्द्रित गर। भुइँमा ढलेकी प्रतिद्वन्दीलाई ल्हामो भन्दै थिइन्। उनीहरू काठमाडौंको ड्रुक अमिताभ गुम्बामा अभ्यास गरिरहेका थिए। ल्हामो र उनका सहपाठीहरू धार्मिक रूपमा कुङ्फु भिक्षुका रूपमा परिचित छन्। ड्रुक्पा ८०० वर्ष पुरानो बौद्ध परम्परा हो। तिब्बती भाषामा ड्रुक्पाको अर्थ ड्रयागन हो। हिमालय वरपरका गुम्बाहरूले आजभोलि ध्यान र कराँतेले मिश्रण गरेका छन्।

हरेक दिन कुङ्फु खेल्नका लागि भिक्षुणीहरु कलेजी कपडा उतार्दै निख्खर खैरो कपडामा उपस्थित हुन्छन्। कुङ्फु उनीहरूका लागि खेल मात्रै होइन। लैङ्गिक समानता, शारीरिक कसरत र वातावरणमैत्री जीवनयापन सिकाउने धार्मिक अभियान हो।

ल्हामोको रेखदेखमा प्रशिक्षक क्षेत्र पैताला र तरबारका आवाजले गुञ्जायमान हुन्छन्। नरम कपडामा रहेका उनीहरूले प्रस्तुत गर्ने कौशल निकै कडा हुन्छ। भिक्षुणीहरू भुइँमा हात टेकेर गोडालाई फनफनी नचाउँछन्। एक-अर्कालाई मुक्का प्रहार गर्छन् र लात्ती हान्छन्।

NO COMMENTS