काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ट्रमा सेन्टर पुगेका छन्।

राष्ट्रपति निर्वाचनका क्रममा लडेर घाइते भएका सांसद गोविन्द न्यौपानेको स्वास्थ्य अवस्था बुझ्न नेपाल ट्रमा सेन्टर पुगेका हुन्।

नेकपा (एकीकृत समाजवादी) पार्टीका मधेश प्रदेश संसदीय दलका नेतासमेत रहेका न्यौपाने मतदान गरेर बाहिरिँदा संसद भवनमै चिप्लिएर घाइते भएका थिए। उनको टाउकोमा चोट लागेको छ। चिकित्सकहरूले स्वास्थ्य स्थिति सामान्य रहेको बताएको नेकपा एकीकृत समाजवादीले जनाएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here