सन्दीप लामिछानेले ५ विकेट लिएपछि आईसीसी क्रिकेट विश्वकप लिग टु मा पपुवा न्युगिनी (पीएनजी) ९५ रनमा अलआउट भएको छ ।
स्पीनरहरू सन्दीप लामिछाने, ललित राजवंशी र कुशल मल्लले मिलेर ९ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाएर रन ९५ बनाएको हो ।
ललित राजवंशीले चौथो ओभरमा किपलिन डोरिगालाई बोल्ड गर्दै नेपाललाई सफलता दिलाएका थिए ।





