काठमाडौं : महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रदर्शन गरिएको छ। संविधान र कानुनविपरीत सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहविरुद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रदर्शन गरिएको हो। आफूहरुलाई उठिबास लगाउने काममा मेयर साह लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए।

उनले संविधान, कानुनविपरीत भूमिहीनहरुलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर साहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिए। विरोध प्रर्दशनमा पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्न, उनीहरुमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिएको थियो। नाराबाजीसहितको र्‍यालीका कारण बानेश्वर-माइतीघर क्षेत्रको सवारी आवागमन करिब १-२ घण्टा अस्तव्यस्त बनेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here