१५ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने बारेमा प्रधानमन्त्री जवाफको प्रतिक्षा गर्ने भएको छ । बुधवार बसेको पार्टीको पदाधिकारी बैठकले आफ्नो दाबी तीन वटा मन्त्रालयमा रहेको र मन्त्रालय प्राप्त नभइसकेको र मन्त्रालय टुंगो पनि नलागेका कारण प्रधानमन्त्रीको उत्तरको प्रतिक्षामा रहेको बताएको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो पार्टीले धेरै त्याग गरिसकेकाले अब आफूले मागेका तीन मन्त्रालयमा आफ्नो पार्टीको अडान रहेको बताए ।

उनले भने, ‘धेरैबेर छलफल गरेका छौँ । तीन मन्त्रालयमा हाम्रो दाबी छ। मन्त्रालय प्राप्त भई नसकेको र मन्त्रालय पनि टुंगो लागि नसकेकाले हामी प्रधानमन्त्रीको उत्तरको प्रतिक्षामा छौँ ।’ उनले तीन वटा मन्त्रालय प्राप्त नभइसकेको र मन्त्तालयको पनि टुंगो नभएकाले प्रधानमन्त्रीको जवाफ कुरेर बसेको बताए । उनले भने, ‘जुनकुनै बेला पनि मन्त्रीको नाम दिनसक्ने गरी तयारीमा छौँ । हामी तीन नाम दिन तयार भएर बसेका छौँ।’पार्टी प्रवक्तासमेत रहेका खतिवडाले आफूले मागेका तीन मन्त्रालय दिए मन्त्रीको नाम दिन आफूहरु तयार भएर बसेको स्पष्ट पारे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here