२२ चैत, विराटनगर । विराटनगर महानगरपालिकाले मुख्य सडकमा पार्किङ निषेध गरेपछि व्यापारीले बजार बन्द गराएका छन् ।

सडकमा पार्किङ गर्न पाउनुपर्ने माग गर्दै व्यापारीले विराटनगर मेन रोडका पसल बन्द गराएका हुन् ।

विराटनगर महानगरपालिकाले दुई महिना अगाडि  मेन रोड  र व्यस्त रहने भित्री सडकमा पार्किङ निषेध गरेको थियो ।

पार्किङका लागि बैकल्पिक व्यवस्थापन गरेर सडकमा पार्किङ निषेध गरेको महानगरका मेयर नागेश कोइरालाको दाबी छ । तर महानगरपालिकाले पार्किङ निषेध गर्दा व्यापार घटेको भन्दै व्यापारीले केही दिनयता अवज्ञा गर्दै आएका छन् ।

व्यापारीले अवज्ञा गर्दै सडकमा राखेका सवारी साधनलाई महानगरपालिकाले लक गरेर राखेको छ । सडकमा पार्किङ गर्न पाउनुपर्ने माग गर्दै व्यापारीले बजार बन्द गराएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here