Home समाचार अन्ततः स्वदेशी उत्पादनको सवारीले दर्ता पायो, नम्बर प्लेटका लागि भन्सार प्रज्ञापनपत्र नचाहिने

अन्ततः स्वदेशी उत्पादनको सवारीले दर्ता पायो, नम्बर प्लेटका लागि भन्सार प्रज्ञापनपत्र नचाहिने

काठमाडौं। लामो समयदेखि संघर्षमा रहेको तर दर्ता पाउन नसकेका स्वदेशी उत्पादनका सवारी साधनहरुले अन्ततः दर्ता पाउने भएका छन् । यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवस्था,कार्यविधि, २०६० लाई संशोधन तथा थप गर्दै स्वदेशी उत्पादन तथा एसेम्बलिङ सवारी साधनलाई पनि दर्ता दिने बाटो खुल्ला गरेको हो ।  योसँगै अब विदेशबाट पार्टस् तथा कच्चा सामग्री ल्याई स्वदेशमा सवारी एसेम्बलिङ गर्ने र सबै पार्टस समेतको तयारी सवारी उत्पादन गर्ने कम्पनी र सवारी साधनले समेत दर्ता पाउने भएका छन् । यस्तो दर्ता (नम्बर प्लेट) का लागि भन्सार प्रज्ञापनपत्र (एलसी) नचाहिने व्यवस्था गरिएको विभागले जनाएको छ ।

यसअघि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र कार्यविधि २०६० ले सवारी दर्ताका लागि प्रज्ञापनपत्र र भन्सार तिरेको रसिद अनिवार्य गरेका थियो । जसले नेपालमा नै उत्पादित विद्युतीय मोटरसाइकल यात्रीले दर्ता पाउन सकेको थिएन । यस विषयमा रातोपाटी डटकमले निरन्तर विषय उठान गरेसँगै पहिलोपटक नेपालमा नै उत्पादित सवारी साधनहरुले नम्बर प्लेट पाउन सफल भएको हो ।

NO COMMENTS