काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक सुरू भएको हो।
बैठकमा वैशाख २८ देखि ३० गतेसम्म बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय हुने नेताहरूले बताएका छन्। साथै बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ।

यसअघि झापाको दमकमा तय भएको केन्द्रीय कमिटी बैठक पुनः काठमाडौंमा बस्ने भएको छ। ०७८ मंसिरमा चितवनमा नवौं महाधिवेशन भएपछि पहिलो बैठक चितवनको सौराहामा बसेको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here