Home समाचार सोह्रखुट्टेको इलिप्स स्कुलको छात्रावासमा मृत भेटिए विद्यार्थी

सोह्रखुट्टेको इलिप्स स्कुलको छात्रावासमा मृत भेटिए विद्यार्थी

काठमाडौंको नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रावासभित्र एक जना विद्यार्थी मृत फेला परेका छन् ।

धादिङ घर भएका कक्षा ५ मा अध्ययनरत विद्यार्थी मृत फेला परेका हुन् । उनी आफू बस्ने कोठा भित्रै झुण्डिएको अवस्थामा गएराति मृत फेला परेको लैनचौर प्रहरीले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । मृत्युको कारण खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्कुल परिसरमा प्रहरीहरुको तैनाथी बढाइएको छ । विद्यार्थीका अभिभावक, आफन्त र स्थानीय भेला भएर स्कुलविरुद्ध नाराबाजी गरेका छन् ।

NO COMMENTS