काठमाडौँ : भारतबाट ग्याँसको मूल्य घटेर आएको छ भने डिजल र पेट्रोलको मूल्य बढेर आएको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको मूल्य सूचीअनुसार ग्यासको मूल्य प्रतिसिलिण्डर १०० रुपैयाँले घटेको छ भने पेट्रोल प्रतिलिटरमा ७ रुपयाँ ८७ पैसा र डिजेल प्रतिलिटरमा ६ रुपैयाँ ६१ पैसाले बढेर आएको छ।

मट्टीतेल र हवाई इन्धनको मूल्य पनि बढेर आएको छ। यसरी हरेक १५, १५ दिनमा मूल्य सूची आउने छ।

नेपालमा स्वचालित प्रणाली लागू भएकाले सोही अनुसार मूल्यमा घटबढ हुनेछ। त्यसैको आधारमा मूल्य निर्धारण हुने नेपाल आयाल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए। उनका अनुसार आज बोर्ड बैठक बस्नेछ।

त्यही बैठकले आज राती देखिनै लागू हुने गरी मूल्य समायोजन गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here