काठमाडौं : नेकपा एमालेको मधेस प्रदेशको अधिवेशन सरेको छ। आइतबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो।

नेकपा एमाले सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको थियो।

मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ गते जनकपुरमा गर्ने गरी सरेको प्रदेश इन्चार्ज सचिव योगेश भट्टराईले जानकारी दिए।

लुम्बिनी प्रदेशमा भने आज मतदान भइरहेको छ। चार दिनअघि प्रदेश अधिवेशन सुरू भए पनि निर्वाचनमार्फत् नेतृत्व चुनिने भएपछि अधिवेशन लम्बिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here