एसिया कप क्रिकेटमा म‌गलबार समूह बीका अफगानिस्तान र श्रीलंका भिड्दैछन्। पाकिस्तानको लाहोरमा हुने खेल दिउँसो सवा ३ बजे शुुरु हुनेछ। जारी प्रतियोगितामा श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई पराजित गर्दै तालिकामा दुई अंक जोडेको छ। अफगानिस्तान भने पहिलो खेलमा बंगलादेशसँगै पराजित भएको छ। श्रीलंका आज लागातार दोस्रो जित निकाल्दै सुपर–फोरमा स्थान बनाउने लक्ष्यमा छ।

यो खेलमा पराजित भए अफगानिस्तान प्रतियोगिताबाट बाहिरनेछ। तर अफगानिस्तान पनि आज जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्न चाहन्छ। उसले जितेमा भने सुपर–चारमा पुग्ने टोलीको टुंगो नेट रनरेटका आधारमा लाग्नेछ।

यसअघि सोमबार भएको समूह एको खेलमा नेपालले भारतविरुद्ध शानदार प्रदर्शन गरेको छ। ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको नेपालको फिल्डिङ कमजोर हुँदा १० विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here