पाकिस्तानमा यस वर्ष बेरोजगारहरूको संख्या ५६ लाख पुग्ने प्रक्षेपण गरिएको छ। अन्त्रार्राष्ट्रिय समाचारहरूका अनुसार २०२१ यता १५ लाखले वृद्धि भएको छ। पाकिस्तानको श्रम बजार कोभिड—१९ महामारी र आर्थिक संकटबाट पूर्ण रूपमा बाहिर आउन नसेकेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को रिपोर्टलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।
यसबाहेक महिला बेरोजगारी दर ११ दशमलव १ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ। आईएलओ को प्रक्षेपण अनुसार, २०२३ मा पाकिस्तानको रोजगारी—जनसंख्या अनुपात ४७ दशमलव ६ पुग्ने संकेत देखिएको छ।
पछिल्लो समय पाकिस्तानले धेरै अनौपचारिकता र बाहिर बसाइँ सर्ने क्रममा धेरै चुनौतीहरूको सामना गरिरहेको छ जसले यसको श्रम बजारमा ठूलो असर गरिरहेको छ। २०२२ को विनाशकारी बाढी र वर्तमान आर्थिक संकटको कारण पाकिस्तानको अर्थतन्त्रले नकारात्मक वृद्धि र मुद्रास्फीतिको दबाबको सामना गरिरहेको छ। जुन ३० मा समाप्त भएको आर्थिक वर्षमा पाकिस्तानको कुल ऋण र दायित्व २९ प्रतिशतले बढेर रु ५६ दशमलव २१ ट्रिलियन पुगेको केन्द्रीय बैंकले उल्लेख गरेको छ।





