काठमाडौं : नेपाल र यूएईबीचको खेलमा नेपालले सुरुमा फिल्डिङ गर्ने भएको छ। टस जितेर नेपालले फिल्डिङ गर्ने निर्णय गरेको हो।
मुलपानी क्रिकेट मैदानमा हुने खेलमा आज नेपालीका श्याम (मौसम) ढकालले डेब्यू गर्ने भएका छन्।
नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिजमा अब्बल प्रदर्शन गर्ने कप्तान रोहित पौडेलले बताएका छन्।
नेपाल क्रिकेट संघ क्यानमा नयाँ नेतृत्व आए पछिको यो पहिलो खेल हो। क्यानका सचिव तथा प्रतियोगिताका निर्देशक पारस खड्काले अन्तिम समयमा सिरिजको तयारी गरेको उल्लेख गरे। नेपालले कार्तिक २ गते हङकङ, ४ गते हङकङ र ६ गते पुनः युएईसँग खेल्नेछ भने ८ गते हङकङसँग खेल्नेछ।





