Friday, March 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

संसारभरि सुनमा लगानी गर्न पाइन्छ, किन नेपालमा पाइँदैन ?

प्रभाव संवाददाता by प्रभाव संवाददाता
२ बर्ष अगाडि
in समाचार
0
संसारभरि सुनमा लगानी गर्न पाइन्छ,  किन नेपालमा पाइँदैन ?
90
SHARES
164
VIEWS
Share on FacebookShare on Twitter

२६ चैत, काठमाडौं । संसारभरि लगानीको सबैभन्दा सुरक्षित क्षेत्र मानिने सुनलाई नेपालमा भने सांस्कृतिक प्रयोगका लागि मात्रै खुला गरिएको छ । कानुनी रूपमा नेपालमा सुनमा व्यावसायिक लगानी गर्न पाइँदैन ।

अन्तर्राष्ट्रिय द्वन्द्व बढ्दा वा अरू औद्योगिक क्षेत्रमा मन्दी छाउँदा पनि सुनमा लगानी बढ्न जान्छ । विश्वका हरेक केन्द्रीय बैंकले सुरक्षाका लागि सुन भण्डारण गर्छन् ।

कुनै पनि देशका नोट, मुद्रा वा अन्य सम्पत्तिलाई अरू देशले मान्यता नदिन सक्छन्, तर सुन सबै देशको साझा सम्पत्ति हो । मूल्य जति बढ्दै जान्छ, महत्त्व त्यति धेरै बढ्दै जान्छ । नेपालमा पनि केन्द्रीय बैंकले सुनमा लगानी गरेको छ ।

पछिल्ला केही वर्ष हेर्दा सुनको मूल्य उच्च दरले बढिरहेको छ । अमेरिका, भारतसहित विश्वभरिका केन्द्रीय बैंकले सुन भण्डारण उच्च दरले बढाएपछि मूल्य अझै बढ्ने प्रक्षेपण भइरहेका छन् ।

यसको लाभ लिन नेपालमा लगानीकर्ताहरूले विकल्प खोजिरहेका छन् । अन्य देशमा भइरहेका सुन लगानीका अवसर र नेपालको सन्दर्भ यहाँ केलाउने प्रयास गरिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वाणिज्य बैंकहरूले सुन आयात गरेर व्यवसायीलाई प्रदान गर्दछन् । व्यवसायीले त्यही सुनबाट गरगहना बनाएर ग्राहकलाई बेच्छन् ।

नेपालमा वाणिज्य बैंकहरूले हाल दैनिक २० किलोसम्म सुन आयात गर्न सक्ने नीतिगत व्यवस्था छ । वैदेशिक रोजगारमा गएकाले पनि ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउने व्यवस्था छ ।

नेपालमा विवाह, धार्मिक तथा सांस्कृतिक कार्यका लागि सुन प्रयोग हुने गरेको छ । ‘विवाहमा सुन नभई नहुने मान्यता छ, सक्नेले धेरै प्रयोग गर्लान्, नसक्नेले थोरै गर्लान् तर सुन नभइकन त विवाह नै हुँदैन जस्तो मान्यता समाजमा देखिन्छ,’ नेपाल सुनचाँदी व्यवसायी महासंघ पूर्वअध्यक्ष मणिरत्न शाक्य भन्छन् ।

अन्तर्राष्ट्रिय बजारमा सुन लगानीबाट फाइदै फाइदा

विभिन्न देशमा कमोडिटी मार्केट (वस्तु बजार) बाट सुन कारोबार हुन्छ । दिनदिनै सुनको मूल्य उतारचढावबाट कारोबारी तथा लगानीकर्ताले नाफा लिने गरेका छन् ।

पछिल्लो पाँच वर्ष हेर्ने हो भने पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १.७ गुणाले बढेको छ । यसको अर्थ पाँ वर्षअघि सुनमा ५ लाख लगानी गरेकाको सम्पत्ति मूल्य अहिले ८ लाख ५० हजार पुगेको छ । छोटो अवधिमा हुने उतारचढावका क्रममा हुने खरिद–बिक्रीको नाफा अलग्गै छ ।

मूल्यवृद्धिको नाफा मात्रै होइन, भारतसहित अन्तर्राष्ट्रिय बजारमा सुन बचत गरेर थप प्रतिफल पाउने विभिन्न बैंक तथा संस्थाका स्किम छन् । निश्चित समय अवधिका लागि सुन बचत गर्दा वार्षिक पाउने प्रतिफल पहिले नै तोकिएको हुन्छ ।

उदाहरणका रूपमा वार्षिक २ प्रतिशत प्रतिफल दिने योजनाअन्तर्गत १ सय ग्राम सुन बचत गर्दा एक वर्षपछि उसको कुल सुन बचत १ सय २ ग्राम हुन आउँछ भने दुई वर्षलाई बचत गर्दा १ सय ४ दशमलव ०४ ग्राम हुन्छ । सुन बचत गर्दा एकातिर परिमाण नै थपिने र अर्कातिर मूल्य पनि बढ्दै जाँदा हुने नाफाले अन्तर्राष्ट्रिय बजारमा लगानी निकै प्रतिफलमूलक देखिन्छ ।

भारतमा विभिन्न बैंक तथा वित्तीय संघसंस्थाले नै यस्ता स्किम ल्याएका छन् । त्यसबाहेक सुनको मूल्यवृद्धिको लाभ पनि लगानीकर्ताले पाउँछन् । वार्षिक ०.८ देखि २.५ प्रतिशतसम्म प्रतिफल पाउने गरी ३ देखि १५ वर्षसम्मका स्किम भारतमा प्रशस्त छन् ।

सुन बचत गर्दा ‘लक–इन पिरियड’ मा प्रतिफल दर निर्भर रहन्छ । निश्चित अवधिपछि भौतिक रूपमै सुन झिक्न वा प्रचलित मूल्यमा नगद नै लिन पनि सकिने व्यवस्था छ ।

त्यस्तै मासिक निश्चित रकम बचत गर्दै जाँदा त्यसको चक्रीय प्रतिफलसहित जोडेर अवधि सकिँदा उक्त रकमको सुन पाउन सक्ने योजना पनि भारत सहितका विश्व बजारमा चलनमा छन् ।

ढिक्का वा काँचो सुन खरिद–बिक्री अवैधानिक

नेपालमा काँचो वा ढिक्का सुन खरिद गर्न पनि पाइँदैन । यदि त्यस्तो सुन खरिदबिक्री भए अवैधानिक मानिन्छ । ‘काँचो/ढिक्का सुन किनबेच गर्न वा खरिद गर्न पाइँदैन, यो अवैधानिक छ तर गहनाका रूपमा कसैले भौतिक रूपमा भने खरिद गरेर राख्न सक्छ,’ नेपाल सुनचाँदी व्यवसायी महासंघ महासचिव धर्मसुन्दर बज्राचार्य भन्छन् ।

तर, गहना लगानीका लागि उपयुक्त हुँदैन । गहना नै खरिद गरेर राख्दा जर्ती तथा ज्याला शुल्क, सुरक्षणका लागि अनावश्यक खर्च बढ्न जान्छ । गहनाका रूपमा सुन खरिद गर्दा व्यवसायीले कुल मूल्यको थप १२ प्रतिशतसम्म ज्याला तथा जर्ती लिने गरेका छन् ।

हाल १ तोला सुनको गहना बनाउनुपरे (२५ चैत २०८० को) मूल्य १ लाख ३५ हजार छ सय छ, त्यसैको १२ प्रतिशत थपिँदा कुल लागत १ लाख ५१ हजार ८ सय रुपैयाँ पर्न आउँछ ।

तर, त्यही गहना पछि बेच्दा बेचिएको दिनकै बजार मूल्य मात्रै पाइने हो । अर्थात्, मूल्य स्थिर रहे जर्ती तथा ज्यालामा लागेको थप १२ प्रतिशत रकम नोक्सानी नै बेहोर्नुपर्छ ।

‘गहनाको डिजाइन, परिमाण, आवश्यक जर्तीका आधारमा शुल्क थपिने हो, कतिपयले सुनलाई सामान्य रूपमा मोडेर बेरुवा रिङ वा बाला बनाएर राख्ने गर्छन्, त्यसमा ज्याला केही कम पर्छ,’ पूर्वअध्यक्ष शाक्य भन्छन् ।

अर्कातर्फ, भौतिक रूपमा गरगहना किनिसकेपछि त्यसलाई घरमै राख्नु पनि जोखिम मानिन्छ । जुनसुकै बेला चोरिने वा अन्य आपराधिक घटना समेत निम्तिन सक्ने जोखिम हुन्छ । बैंक लकरमा राख्दा महिनैपिच्छे थप लागत पर्ने हुँदा गहना खरिदले सर्वसाधारणलाई खर्च बढाउने जोखिम छ ।

सुनलाई लगानी क्षेत्र नै बनाइएन

लगानीकर्ता तथा कारोबारीले विश्वभरि सुन कारोबार गरेर नाफा लिइरहेका छन् । दुर्भाग्य, नेपालमा कमोडिटी बजार नै छैन । केही वर्षअघि सञ्चालनमा रहेका कमोडिटी बजार समेत बन्द गरिएको छ ।

नीतिगत व्यवस्था गरी व्यवस्थित रूपमा कमोडिटी बजार सञ्चालन गर्ने भनेर यो बन्द गरिएको हो । तर, कमोडिटी बजार सञ्चालन तथा नियमनको जिम्मेवारी पाएको धितोपत्र बोर्डले ठोस काम गर्न सकेको छैन ।

‘कमोडिटी बजार भएको भए सुनमा लगानीको अवसर हुन्थ्यो, त्यसबाट हुने नाफा/घाटा लगानीकर्ताले नै बेहोर्थे, राज्यले पनि धेरैथोरै कर पाउँथ्यो,’ नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्ट भन्छन्, ‘तर, यहाँ कमोडिटी बजार सञ्चालनको संयन्त्र नै बनेको छैन ।’

भित्रीरूपमा भने बाहिरका कमोडिटी बजारमा नेपालीले एजेन्टमार्फत कारोबार गरिरहेका छन् । कैयौँं कारोबारी छन्, जसले नेपालमै बसेर अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको मूल्य तथा सूचकमा अवैधानिक कारोबार गरिरहेका छन् ।

‘एजेन्टलाई निश्चित शुल्क बुझाएपछि कमोडिटी बजारमा कारोबार गर्न खाता खोलिदिन्छन्,’ एक कारोबारीले भने, ‘त्यसरी खाता खोलेपछि नेपालमै बसेर विभिन्न कमोडिटीको मूल्य र सूचकमा सहजै कारोबार गर्न सकिन्छ ।’

उनका अनुसार त्यस्ता कारोबारी हजारौंको संख्यामा छन् । राज्यले कमोडिटी बजार सञ्चालन नगर्ने, ढिक्का सुन खरिदलाई अवैध मान्ने जस्ता नियन्त्रित अभ्यासले नै अवैध कारोबार फस्टाउँदै जाने जोखिम बढेको छ ।

सुन निक्षेपका रूपमा जम्मा गर्ने घोषणा तुहियो

आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिमा सुनका गहना बैंकमा निक्षेपका रूपमा जम्मा गरेर प्रतिफल (ब्याज) पाइने व्यवस्था गरिने भनी घोषणा गरियो । तर, यो घोषणामै सीमित भयो ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठ बैंकहरूले केही जटिलता देखेपछि त्यसलाई लागु गर्न नसकेको बताए । ‘सुनका गहना राखेपछि त्यसलाई लगानी गर्ने, फेरि ग्राहकलाई प्रतिफलसहित गहना फिर्ता दिने प्रक्रियागत झन्झट देखिए,’ उनी भन्छन्, ‘त्यसकारण कार्यान्वयनमा गएन ।’

नेपालजस्तो विकासोन्मुख राष्ट्रले लगानीका लागि सुनलाई प्राथमिकता दिँदा त्यसको असर अन्य उत्पादन क्षेत्रमा पर्ने उनी बताउँछन् । ‘त्यसकारण राष्ट्र बैंकले सुनको लगानीतिर प्राथमिकता नदिएको हो, तर कसैले सुन किन्न चाहे नपाउने अवस्था त छैन,’ उनले भने ।

सुनको लगानीका लागि सहज नीति बनाउने सम्बन्धमा बहस गर्न सकिने पनि उनले बताए । ‘ढिक्का सुनमा लगानी अवसर दिने हो भने केहीले त्यसको मूल्यबाट लाभ त पाउलान्, तर त्यसका अरू धेरै असर निम्तिन सक्छन्, यसबारे बहस गर्न सकिएला,’ श्रेष्ठ भन्छन्, ‘कमोडिटी बजार सञ्चालनमा आए त्यसमार्फत कारोबार हुन सक्ने देखिन्छ ।’

Previous Post

आज घोडेजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

Next Post

खुमलटारमा सबैभन्दा खराब, काठमाडौंको वायु विश्वमै अस्वस्थकर

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
खुमलटारमा सबैभन्दा खराब, काठमाडौंको वायु विश्वमै अस्वस्थकर

खुमलटारमा सबैभन्दा खराब, काठमाडौंको वायु विश्वमै अस्वस्थकर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

6 Approaches To Start An On The Internet Casino

२९ फाल्गुन २०८२, शुक्रबार

Review Detalhado: Casino On-line E Apostas 2025

२९ फाल्गुन २०८२, शुक्रबार

Analysis: Why Singapore Went Into The Casinos Industry

२९ फाल्गुन २०८२, शुक्रबार

How To Win At Slot Machines? 10 Top Techniques For Slot Machines

२९ फाल्गुन २०८२, शुक्रबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

6 Approaches To Start An On The Internet Casino

Review Detalhado: Casino On-line E Apostas 2025

Analysis: Why Singapore Went Into The Casinos Industry

How To Win At Slot Machines? 10 Top Techniques For Slot Machines

Mostbet Portugal: Casino Electronic Apostas 2025″

Registration Mostbet Guia

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति