काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री र प्रवक्ता पदबाट बर्खास्तमा परेका मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्दैछन्।

मंगलबार रास्वपा केन्द्रीय समितिको बैठकले अनुशासन आयोगको सिफारिसअनुसार उनलाई साधारण सदस्य मात्र रहने गरी पार्टीका अन्य सबै जिम्मेवारीबाट हटाएको थियो।

त्यस लगत्तै फेसबुकमा आफू ‘रवि लामिछाने क्लबबाट मात्र निकालिएको’ भनी टिप्पणी गरेका ढकालले बाँकी कुरा भोलि भनेका थिए।

सो अनुरूप काठमाडौंको अनागनगरस्थित टिमुरे रेस्टुरेन्टमा दिउँसो ३ बजे आफ्ना कुरा राख्न लागेको डाक्टर ढकालले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here