समाचार

सशस्त्र प्रहरीलाई छल्दै भागेको कार दुर्घटनाग्रस्त, ४२१ किलो गाँजा बरामद

१७ वैशाख, काठमाडौं । धनकुटाबाट सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा गाँजासहित एक कार नियन्त्रणमा लिएको छ।

बुधबार बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित नमस्ते झरनाबाट धरानतर्फ जाँदै गरेको को२प १७३४ नम्बरको कार सशस्त्र प्रहरीले जाँच गर्न खोज्दा उक्त सवारी भागेको थियो।

पछ्याउँदा उक्त कार दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो। चालक भने फरार छन्।

दुर्घटनाग्रस्त कारबाट १२ वटा पोकामा प्याक गरिएको ४२१ किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button