पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको भिट्ठामोडमा निर्माण हुन लागेको सुक्खा बन्दरगाह परियोजनामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भारतीय सिमाना नजिक प्रस्तावित सुक्खा बन्दरगाहको अवलोकन गरेपछि उनले जलेश्वर उद्योग वाणिज्य सङ्घद्वारा भिट्ठामोडमा आयोजित छलफल कार्यक्रममा उक्त प्रतिबद्धता जनाएका हुन्।

उनको निजी सचिवालयका अनुसार, पार्टीद्वारा सञ्चालन गरिएको जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान अन्तर्गत सीमा क्षेत्रका जनताको अवस्था बुझ्न तथा विकास निर्माणका कामलाई अघि बढाउन पहल गर्ने उद्देश्य रहेको छ।

सोही क्रममा अध्यक्ष दाहाललाई जलेश्वर उद्योग वाणिज्य सङ्घले ज्ञापनपत्र बुझाएको थियो। सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकका सामान आयात-निर्यात गर्न जलेश्वर भन्सारबाट दूरी मात्र २२५ किलोमिटर रहेको जानकारी गराउँदै भिट्ठामोड सुक्खा बन्दरगाह मधेसका सबै जिल्लाका लागि उपयोगी हुने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here