बझाङको साइपाल गाउँपालिकामा पहिलो पटक बैंक स्थापना भए पनि स्थानीयवासीलाई सेवा लिन सहज भएको छैन। करिब ४३ प्रतिशत भूभाग ओगट्ने यो पालिकामा नेपाल राष्ट्र बैंकले २०७४ मै एभरेस्ट बैंकलाई सेवा विस्तारको जिम्मेवारी दिएको थियो। तर, विकट भूगोल, सुरक्षा र यातायात अभावका कारण बैंक सञ्चालन हुन सकेको थिएन।

पटक–पटकको प्रयासपछि गत असोज ९ गतेदेखि सेवा विस्तार भई माघ २८ गते शाखा उद्घाटन गरियो। बैंक वडा नम्बर १, धलौनमा स्थापना भए पनि वडा ३, ४, र ५ का बासिन्दालाई बैंक पुग्न चार दिनसम्म लाग्ने समस्या रहेको छ। स्थानीय सीता गुरुङले बैंक खुले पनि सेवाका लागि लामो यात्रा गर्नुपर्ने बाध्यता उस्तै रहेको बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here