बाराको कलैया उपमहानगरपालिका-१४, बघवनमा शुक्रबार बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको ना ६ ख ५०६७ नम्बरको बसले कलैयाबाट पूर्वतर्फ गइरहेको ना ३९ प ७३६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा परी रौतहट विजयपुर लक्ष्मिनिया नगरपालिका-५ निवासी ३५ वर्षीय अनिलप्रसाद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here