समाचार

आइतबारदेखि भारतबाट बिजुली मात्र १२ घण्टा

नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गर्ने बिजुली आइतबारदेखि दैनिक १२ घण्टामा सीमित हुने भएको छ। हाल दैनिक २० घण्टा बिजुली आयात भए पनि मार्च १६ (चैत ३) देखि बिहान ६ देखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाइनेछ।

हिउँदमा खोला तथा नदीमा पानीको बहाव घट्दा बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग पूर्ति गर्न भारतबाट बिजुली आयात हुँदै आएको छ। भारतले गत मंसिरमा हिउँदयामका लागि नेपाललाई मार्च १५ (चैत २) सम्म दैनिक २० घण्टा बिजुली आयात गर्ने अनुमति दिएको थियो। तर, मार्च १६ देखि जुन ३० सम्म बिजुली केवल सोलार आवर (बिहान ६ देखि साँझ ६ बजेसम्म) मा मात्रै ल्याउन पाइने व्यवस्था गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार भारतलाई मार्च १६ पछि पनि २० घण्टा आयात गर्न दिने व्यवस्था कायम राख्न आग्रह गरिएको छ। ‘भारतसँग छलफल जारी छ, सकारात्मक संकेत देखिएको छ,’ घिसिङले भने।

उनका अनुसार नेपालमा जलाशययुक्त आयोजना नभएकाले हिउँदमा केही वर्ष अझै भारतबाट बिजुली आयात गर्नुपर्ने आवश्यकता रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button