Monday, December 8, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

केएसएलका सञ्चालक संग्रौलामाथि लागेको आरोपबारे छानबिन गर्न समिति गठन

Hamro Prabhav by Hamro Prabhav
९ महिना अगाडि
in समाचार
0
केएसएलका सञ्चालक संग्रौलामाथि लागेको आरोपबारे छानबिन गर्न समिति गठन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

३ चैत, काठमाडौं । काठमाडौं स्कुल अफ ल (केएसएल) का कार्यकारी निर्देशक डा. युवराज संग्रौला जोडिएको विद्यार्थीलाई दुर्व्यवहार गरिएको आरोपमा छानबिन गर्न समिति गठन भएको छ ।

पूर्वविद्यार्थीहरूले समेत यो घटनामा स्वतन्त्र छानबिन गर्न माग गरेपछि बसेको व्यवस्थापन समितिको बैठकले स्वतन्त्र छानबिन समिति गठन गर्ने निर्णय गरेको प्राध्यापक अञ्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार व्यवस्थापन समितिको निर्णय अनुसार, पूर्वजिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईको संयोजकत्वमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामी सदस्य रहेको समिति बनाइएको छ ।

केएसएलले आइतबार गरेको पत्रकार सम्मेलनमा प्राध्यापक दाहालले यो समितिलाई ‘तटस्थ जाँचबुझ समिति’ भनेका छन् र यसको सदस्य सचिव कलेजको आन्तरिक उजुरी तथा गुनासो समितिका संयोजक हुने भनेका छन् ।

समितिलाई १५ दिनभित्र उजुरीबारे छानबिन गरेर व्यवस्थापन समिति समक्ष राय पेश गर्न भनिएको उनले बताएका छन् । ‘समितिलाई प्राप्त निवेदनहरूमाथि छानबिन गर्ने, सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गरेर तथ्य प्रमाण बुझ्ने र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ’, उनले भने ।

पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक संग्रौलाले पनि आफूले स्वतन्त्र छानबिनलाई सहयोग गर्ने बताए । ‘यो समितिले काम गरुञ्जेलसम्म म न्यूट्रल बस्छु । यो काममा मेरो कुनै हस्तक्षेप हुँदैन’, उनले भने ।

उनले समिति गठन भइसकेको र त्यसमा कलेजका व्यक्तिहरू नभएको भन्दै अगाडि भने, ‘उहाँहरूले सोधेको कुरा मलाई जानकारी दिने अधिकार छ, केही दर्जन विद्यार्थीले गरेको (दुर्व्यवहार) छ भनेको छ त्यो भए कलेजमा अहिले ११०० विद्यार्थी छन्, उनीहरूलाई पनि सोध्नुपर्छ ।’

कलेजको पाँचौ वर्षमा अध्यनरत् एक विद्यार्थीले संग्रौलाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत एक विद्यार्थीले पूर्वमहान्यायाधिवक्ता समेत रहेका संग्रौलाले कलेजमा छात्राहरूसँग यौनजन्य टिप्पणी र महिलाको शरीरबारे अपमानजनक शब्द प्रयोग गर्ने गरेको सार्वजनिक गरेकी थिइन् ।

आफूले कलेजमा विद्यार्थीबारे हुने दुर्व्यवहारमाथि छानबिन गर्न माग गर्दै निवेदन दिएपनि सुनुवाइ नभएको उनको जिकिर थियो । शुक्रबार कलेजका १०० जना पूर्वविद्यार्थीले संयुक्त वक्तव्य जारी गर्दै यो मामलामा निष्पक्ष जाँच गर्न माग गरेका थिए ।

Previous Post

चन्द्रागिरिमा पोखरीमा डुबेर बालिकाको मृत्यु

Next Post

लोक सेवामा ६ पटक फेल भए परीक्षा निषेध गर्ने तयारी

Hamro Prabhav

Hamro Prabhav

Next Post
लोक सेवामा ६ पटक फेल भए परीक्षा निषेध गर्ने तयारी

लोक सेवामा ६ पटक फेल भए परीक्षा निषेध गर्ने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

१८ मंसिर २०८२, बुधबार
देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

९ मंसिर २०८२, सोमबार
बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

८ मंसिर २०८२, आईतवार
महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

८ मंसिर २०८२, आईतवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

एमाले महाधिवेशन भाँड्ने प्रयास हुँदैछ : ओली

निर्वाचन आयोगमा ३७ दल दर्ता, कांग्रेस-एमालेको बाँकी

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति