गोरखा नगरपालिका-७ मान्द्रेढुंगामा इन्टरनेटको फाइबर मर्मत गर्ने क्रममा करेन्ट लागेर २७ वर्षीय हरि विकको मृत्यु भएको छ। विक बिजुलीको खम्बामा चढेर डिस होम नेटको फाइबर मर्मत गर्दै गर्दा करेन्ट लागेको थियो। गम्भीर घाइते भएका उनलाई गोरखा अस्पताल पुर्‍याइएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भयो। प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here